पुलिसका तारा देवी र सन्देश स्ट्रङ्गेष्ट खेलाडी घोषित

काठमाडौं । नेपाल पुलिस क्लबकी तारा देवी पुन र सन्देश गुरुङ दोश्रो नेपाल स्ट्रङ्गेष्ट २०१८ भारोत्तोलन प्रतियोगितामा स्ट्रङ्गेष्ट खेलाडी हुन सफल भएका छन् ।

ताराले ७५ केजी तौल माथीको प्रतिस्पर्धामा १ सय ६६ केजी भार बहन गरेकी थिइन् । उनी अघिल्लो संस्करणमा पनि यस उपाधिबाट सम्मानित भएकी थिईन् । त्यस्तै सन्देशले १सय ५ केजी तौलमा २ सय ५८ केजी भार बहन गरेका थिए ।

उनीहरुले नगद ११ हजारका साथै ट्रफी, प्रमाण पत्र प्राप्त गरे । नेपाल भारोत्तोलन संघका पूर्व उपाध्यक्ष एवं ओलम्पियन सुनिललाल जोशीको स्मृतीमा आयोजना गरिएको प्रतियोगितामा पुरुष सिनियरतर्फ नेपाली सेनाका कमल बहादुर अधिकारी र जुनियरतर्फ बाँकेका प्रकाश के.सी उत्कृष्ट भारोत्तोलक घोषित भए ।

महिलातर्फ सिनियरमा नेपाल पुलिसकी देवी कुमारी चौधरी र जुनियरतर्फ बाँकेकी सञ्जु चौधरी उत्कृष्ट भारोत्तोलक घोषित भए ।

काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको जुनियरतर्फ पुरुषमा एपिएफका लालबाबु पासवान र महिलामा डिभाईन फिटनेशकी पल्लवी चौधरी उदियमान खेलाडी घोषित भए ।

उनीहरुले ट्रफी, प्रमाण पत्रका साथै जुरी घनश्याम मुखियाबाट प्रोत्साहन स्वरुप नगद २५-२५ सय प्राप्त गरे ।

नेपाली सेनाका राजु चौधरीले सिनियर तर्फ ६२ केजी तौलमा २ सय ३ केजी भारका साथ स्वर्ण हात पारे । चौधरीले स्नाचमा ८८ केजी र क्लिनमा १ सय १५ केजी भार बहन गरे । दोश्रो स्थानमा नेपाल प्रहरीका मुई लामा रहे ।

उनले स्नाचमा ८७ केजी र क्लिनमा १ सय केजी भार बहन गरे । कास्य पदक पाएका एपिएफका सुभाष कुमार शाहले १सय ७४ केजी भार बहन गरे । उनले स्नाचमा ७८ र क्लिनमा ९६ केजी भार बहन गरे ।

जुनियरतर्फ नेपाल प्रहरीका गणेश रानाभाटले १ सय ६१ केजी भारका साथ स्वर्ण कब्जा गरे । उनले स्नाचमा ७३ केजी र क्लिनमा ८८ केजी भार बहन गरे । दोश्रो स्थानमा बाँकेका तुसार बुढामगर रहे ।

उनले स्नाचमा ६५ र क्लिनमा ८५ केजी गरि कुल १ सय ५० केजी उचाले । तेश्रो स्थानमा रहेका पर्साका निरज गुप्ताले स्नाचमा ५०, क्लिनमा ६७ गरि कुल १ सय १७ केजी उचाले ।

प्रतियोगिताको ६९ केजी तौलमा ओलम्पियन कमल अधिकारीले २ सय ५५ केजी भारका साथ स्वर्ण पदक पाए । सेनाका उनले स्नाचमा १ सय १० र क्लिनमा १ सय ४५ केजी उचालेका थिए । एपिएफका महेश चौधरीले २ सय १० केजी भार बहन गर्दै रजत पाए ।

उनले स्नाचमा ९० केजी र क्लिनमा १सय २० केजी उचाले । कास्य पदक पाएका सेनाका जीवन तामाङ्गले स्नाचमा ७५, क्लिनमा १ सय २ केजी गरि कुल १ सय ७७ केजी उचाले । जुनियरतर्फ बाँकेका प्रकास के.सीले स्वर्ण हात पारे ।

उनले स्नाचमा ९५ केजी र क्लिनमा १ सय २२ केजीका साथ कुलमा २ सय १७ केजी बार बहन गरे । बाराका सजरुद्धिन आलमले कुलमा १ सय ५५ केजीका साथ रजत र बाँकेका प्रशान्त योगीले कुलमा १ सय ४० केजीका साथ कास्य पाए ।

पुरुषकै सिनियर ७७ केजी तौलमा नेपाल पुलिसका विकास थापाले स्नाचमा १ सय १२, क्लिनमा १ सय ३० केजीका साथ कुलमा २ सय ४२ केजी भारका साथ स्वर्ण पाए । दोश्रो स्थानमा रहेका नेपाली सेनाका यज्ञबहादुर सारुले कुलमा २ सय २० केजी भार उचाले ।

एपिएफका तिलक थापाले १ सय ८५ केजीका साथ कास्य पाए । जुनियरतर्फ बाँकेका सुरज बैश्यले १ सय ९५ केजी भारका साथ स्वर्ण कब्जा गरे । उनले स्नाचमा ८५ केजी र क्लिनमा १ सय १० केजी उचाले । झापाका सुलभ बस्नेतले कुल १ सय २ केजीका साथ रजत पाए ।

ललितपुर कुमारीपाटीस्थित अग्नी पार्टि प्यालेसमा भएको प्रतियोगिताको ८५ केजी तौलमा नेपाल प्रहरीका ओम प्रकास बैश्यले २ सय २६ केजी भारका साथ स्वर्ण पाए । उनले स्नाचमा १ सय केजी र क्लिनमा १ सय २६ केजी उचाले ।

सेनाका दिनेश कार्की र एपिएफका सन्तोष चौधरीले रजत र कास्य पाए । दिनेशले २ सय ३ केजी र सन्तोषले १ सय ९८ केजी तौल उचाले । जुनियरतर्फ कञ्चनपुरका विकास भट्टले स्नाचमा ६० र क्लिनमा ८२ गरि कुल १ सय ४२ केजीका साथ स्वर्ण हात पारे ।

दोश्रो स्थानमा १ सय १२ केजीका साथ बाराका नाग अर्जन गुप्ता रहे । यसै गरि ९४ केजीको सिनियर तर्फ नेपाली सेनाका टहल बहादुर बसेलले पुलिसका खेलाडीहरुलाई पछि पार्दै स्वर्ण पाए । उनले स्नाचमा ८८, क्लिनमा १ सय २५ केजी गरि कुलमा २ सय १३ केजी भार बहन गरे ।

पुलिसका गगन चन्दले रजत र श्री कृष्ण महर्जनले कास्य पाए । 

गगनले स्नाचमा ९० केजी र क्लिनमा १ सय २१ केजीका साथ कुलमा २ सय ११ केजी भार बहन गरे । यस्तै श्री कृष्णले स्नाचमा ९५ र क्लिनमा १ सय १५ केजी गरि कुल २ सय १० केजी उचाले ।

जुनियर तर्फ कञ्चनपुरका विशाल सिंह बिष्टले कुल १ सय ९५ केजीका साथ स्वर्ण कब्जा गरे । एकल प्रतिस्पर्धामा उनले स्नाचमा ८५ र क्लिनमा १ सय १० केजी भार उचाले ।

पुरुषको १ सय ५ केजी तौलमा स्ट्रङ्गेष्ट खेलाडी घोषित नेपाल प्रहरीका सन्देश गुरुङले २ सय ५८ केजी भारका साग स्वर्णलाई आत्मसाथ गरे । उनले स्नाचमा १ सय १५ केजी र क्लिन एण्ड जर्कमा १ सय ४३ केजी भार बहन गरे ।

दोश्रो स्थानमा रहेका नेपाली सेनाका विनोद खड्काले स्नाचमा ८५ केजी र क्लिनमा १ सय १५ केजीका साथ २ सय केजी भार बहन गरे । त्यस्तै एपिएफका रनबहादुर नगरकोटीले १ सय ९९ केजीका साथ कास्य पाए ।

उनले स्नाचमा ८६ केजी र क्निलमा १ सय १३ केजी भार उचाले । जुनियरतर्फ बर्दियाका रोशन बिसीले एकल प्रतिस्पर्धा गर्दै स्वर्ण पाए । उनले स्नाचमा ६५ र क्लिनमा ८५ केजीका साथ १ सय ५० केजी भार उचाले ।

१सय ५ केजी माथीको तौलमा सेनाका पुकार गुरुङ पहिलो भए । उनले स्नाचमा १ सय १५ केजी र क्लिनमा १ सय ३० केजी गरि कुल २ सय ४५ केजी भार उचाले । दोश्रो स्थानमा रहेका बाराका आदर्श कुमार गुप्ताले १ सय २६ केजी उचाले ।

उनले स्नाचमा ५६ र क्लिनमा ७० केजी उचाले । त्यस्तै जुनियरतर्फ कञ्चनपुरका सागर भण्डारीले स्नाचमा ९७ केजी र क्लिनमा १ सय २५ केजी गरि कुल २ सय २२ केजी उचाले । रुपन्देहीका प्रविन नेपालीले स्नाचमा ६० केजी र क्लिनमा ७० केजी गरि कुल १ सय ३० केजीका साथ रजत पाए ।

बिजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे, नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन कुमार टण्डन, महासचिव पार्थ सारथी सेन गुप्त लगायतले पुरस्कार वितरण गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?