धुञ्चेमा रात्रिकालीन हेलिप्याड

रसुवा– नेपाली सेना कालीजङ्ग गणले धुञ्चेमा निर्माण गरेको रात्रिकालीन हेलिप्याडको आज  उद्घाटन गरिएको छ ।

पचपन्न फिट लम्बाइ तथा चौडाइ भएको रात्रिकालीन हेलिप्याडको नेपाली सेना छ नम्बर बाहिनीका बाहिनीपति निर्मलकुमार थापाले उद्घाटन गरे ।
हेलिप्याड बनाउन यहाँका पाँच वटा गाउँपालिका, स्याफ्रु–मैलुङ सडक निर्माण कार्यदल, अपर त्रिशूली एक जलविद्युत् आयोजना, नुवाकोटको विदुर नगरपालिका १ नम्बर वडा कार्यालय र सुन्दरादेवी साप्ताहिक पत्रिकाले सहयोग गरेको गणले जनाएको छ । दुई लाखभन्दा बढी नगद तथा श्रमदानमा उक्त हेलिप्याड निर्माण भएको हो ।

हेलिप्याडको चारैतिर २४ वटा बत्ती र तीन वटा ‘होरिजेन्टल’ बत्तीसमेत जडान गरिएकाले रात्रिकालीन अवरतण गर्न कुनै समस्या नआउने जनाइएको छ । अनुमति लिएर बिरामी उद्धारका लागि निजी हेलिकप्टरसमेत अवतरण गर्न सकिने गणले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?