सन्दीपले भने-`कानुनको सम्मान गर्छु, केहिदिनमा नेपाल फर्किन्छु´

लोकपथ
50.7k
Shares

काठमाडौं । १७ वर्षीय युवतीमाथि बलात्कारको आरोप लागेपछि राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले नेपाल फर्किन तयार भएका छन् ।

शुक्रबार ट्वीट गर्दै लामीछानेले नेपालको कानुन मान्ने र सबै कुराको सामना गर्ने बताउँदै नेपाल फर्किने बताएका हुन् ।

आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको पनि जानकारी गराए ।
नाबालिग बलात्कार आरोपमा उजुरी परेसँगै बिहिबार उनीमाथि पक्राउ पुर्जी  भएको थियो।  त्यससँगै नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार साँझ उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?