डलर अहिलेसम्मकै महंगो, अन्य मुद्राको भाउ पनि बढ्यो

काठमाडाैं : अाज शुक्रबार अमेरिकी डलरको विनिमयदरले हालसम्मकै नयाँ रेकर्ड कायम गरेको छ । बुधबारदेखि ११६ रूपैयाँ हाराहारीबाट बढ्न थालेको डलरको मूल्य अाज शुक्रबार ११८ रूपैयाँ ३ पैसा पुगेको हो । 

नेपाल राष्ट्र बैंकले अाजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर सूचीअनुसार डलरको खरिददर ११७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ११८ रूपैयाँ ३ पैसा पुगेको छ । डलरसँगै अन्य विदेशी मुद्राको सटहीदर पनि बढेको छ। 

युरोको खरिददर १३५ रूपैयाँ ८ पैसा र बिक्रीदर १३५ रूपैयाँ ७७ पैसा, पाउन्ड स्ट्रलिङको खरिददर १५२ रूपैयाँ ५० पैसा र बिक्रीदर १५३ रूपैयाँ २८ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८३ रूपैयाँ २२ पैसा र बिक्रीदर ८३ रूपैयाँ ६४ पैसा तोकिएको छ । 

यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ २७ पैसा र बिक्रीदर १० रूपैयाँ ३३ पैसा, चिनिया युअान १ को खरिददर १७ रूपैयाँ १० पैसा र बिक्रीदर १७ रूपैयाँ १८ पैसा, साउदी अरेबियन रियालको खरिददर ३१ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४७ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

कतारी रियाल १ को खरिददर ३२ रूपैयाँ २५ पैसा र बिक्रीदर ३२ रूपैयाँ ४२ पैसा, युएर्इ दिहराम १ को खरिददर ३१ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३२ रूपैयाँ १३ पैसा, मलेसियन रिंगेट १ को खरिददर २८ रूपैयाँ ३२ पैसा र बिक्रीदर २८ रूपैयाँ ४६ पैसा कायम भएको छ । 

यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ ४० पैसा र बिक्रीदर १० रूपैयाँ ४५ पैसा, कुवेती दिनार १ को खरिददर ३८६ रूपैयाँ ५९ पैसा तथा बिक्रीदर ३८८ रूपैयाँ ५७ पैसा र बहरार्इन दिनार १ को खरिददर ३११ रूपैयाँ ५२ पैसा तथा बिक्रीदर ३१३ रूपैयाँ ११ पैसा तोकिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?