अमेरिकामा सयौं प्रदर्शनकारी गिरफ्तार

एजेन्सी : यौन अपराधको आरोपमा आरोपित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सर्वोच्च अदालतको न्यायाधीशका लागि नामांकित व्यक्तिको नियुक्ति हुन लागिरहेको देखेपछि त्यसको विरोधमा उत्रेका प्रदर्शनकारीमध्ये सयौंलाई गिरफ्तार गरिएको छ ।

अमेरिकाको संघीय जाँच ब्युरो एफबीआईले सर्वोच्चका लागि नामांकित ब्रेट क्याभेनफमाथि लागेको यौन अपराधको आरोपबाट मुक्त गरेको प्रतिवेदन दिएको रिपब्लिकन सांसदहरूले घोषणा गरे ।

तर डेमोक्रेट्सका सांसदहरूले यो मामिलाको जाँच गर्न ह्वाइहाउसबाट दिइएको ५ दिने समय सीमा गरिएको छानबिन अपूरो भएको जनाए ।

अमेरिकी सिनेटले शुक्रबार यो विषयमा मतदान प्रक्रिया बढाउने भएको छ । सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश क्याभेनफले  एफबीआईको प्रतिवेदन आएपछि सिनेटमा मत पाएर नियुक्त हुने निश्चित जस्तो देखिएको छ ।

मतदानमा रिपब्लिकनका सबै सांसदले मतदान गरे मात्र उनी नियुक्त हुन पाउनेछ । दुईटा वा सो भन्दा बढी विपक्षमा मतदान गरे उनको नियुक्त प्रक्रिया रोकिनेछ ।

सिनेटका केही सांसदहरूले यो विषयमा अहसमत जनाइसकेका छन् । क्याभेनफको नियुक्ति भए सर्वोच्चमा रिपब्लिकन सिद्धान्त भएका न्यायाधीशहरूको बहुमत हुनेछ । उनीहरूले गर्भपतन, बन्दुकमाथिको नियन्त्रण र मतदान प्रक्रिया जस्ता विषयमा सर्वोच्चबाट अन्तिम निर्णय गराउन सक्छन् ।

अमेरिकाको क्यापिटल हिलस्थित अवस्थित सर्वोच्च अदालतको अगाडि क्याभेनफको नियुक्तिको विरोधमा हजारौंले विरोध प्रदर्शन गरे ।

प्रहरीहरूका अनुसार उनीहरूले ३०२ जनालाई पक्राउ गरेका छन् । पक्राउ परेकाम कमेडियन एमी सुमर र मोडल इमली राताज्कोव्स्कीलगायतका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?