काठमाडौं । थोमस युचेललाई बर्खास्त गरेको दोस्रो दिन नै चेल्सीले ब्राइटनका प्रशिक्षक ग्राहम पोटरलाई नयाँ प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ ।
युरोपियन च्याम्पियन्स लिगमा डाइनामो जग्रेबसँग १–० ले पराजित भएपछि चेल्सीले बुधबार मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको थियो ।
चेल्सीले ब्राइटनलाई ‘रिलिज क्लज’ तिर्ने भएपछि ४७ वर्षीय पोटर स्टाम्फोर्ड ब्रिज आउन तयार भए । चेल्सीले पोटरसँग पाँच वर्षको सम्झौता गरेको छ ।
पोटरको नेतृत्वमा चेल्सी शनिबार प्रिमियर लिगअन्तर्गत फुलहमसँग पहिलो खेल खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया