काठमाडाैं : सरकारले अार्थिक शुरू भएको पहिलो साढे दुर्इ महिनामा जम्मा २.८९% पूँजीगत खर्च गर्न सकेको देखिएको छ ।
ठेक्कापट्टा र अायोजना पूर्वतयारीका प्राय: काम सम्पन्न गर्नुपर्ने दशैं अघिको समय बितिसक्दा सरकारले नागरिकबाट कर असुल्न भने निकै तदारूकता देखाएको छ । पूँजीगत खर्च गर्न कञ्जुस्यार्इँ गरिरहेको सरकारले तलबभत्ता र सुविधाका लागि छुट्यार्इएको मध्ये १०.१७% बजेट खर्च गरिसकेको छ ।
महालेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सरकारले बुधबारसम्म ९ अर्ब ७ करोड ३५ लाख रूपैयाँ पूँजीगत खर्च गरेको छ, तर कर भने १ खर्ब ६३ अर्ब ३० करोड रूपैयाँ उठाएको छ ।
कर उठाउन निकै सक्रिय देखाएको सरकारले संघ, प्रदेश र स्थानीयतहबीच समन्वय गरार्इ विकासका काम अघि बढाउन सकिरहेको छैन । खर्च गर्न नसकेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले असोज् १२ गते सबै मन्त्रालयका सचिवहरूलार्इ यसतर्फ ध्यान दिन निर्देश गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया