एजेन्सी :चिनियाँ जासुसहरूले एप्पल र अमेजनलगायत अमेरिकी कम्पनीहरूमा साइबर हमला गरी डेटा चोरेको ब्लुमबर्गले दाबी गरेको छ ।
सुपर माइक्रो कम्प्युटर नाम गरेको एक कम्पनीले बनाएको सर्भर सर्किट बोर्डमा जडान गरिएको साना चिपहरूको माध्यमबाट ती डेटा चोरिएको जनाइएको छ ।
सर्भर निर्माण गरिएका बेला समन्वय गर्ने खालको बनाइएको र चिप सत्रिय भएपछि काम गर्न सकिने देखिएको भनिएको छ । एप्पल, अमेजन र सुपर माइक्रोले ब्लुमबर्गको दाबीलाई भने गलत भनी अस्वीकार गरेका छन् ।
एप्पलले ब्लुमबर्गको दाबीलाई एप्पलले आधारहीन भनी खण्डन गर्दै एक विज्ञप्ति सार्वजनिक गरेको छ ।
ब्लुमबर्गले पत्रकार जोडर्न रोबर्टसन र माइकल रिलेहरूद्वारा गरिएको एक वर्ष लामो अनुसन्धानबाट बेइजिंगबाट अमेरिकाका ३० ठूला कम्पनी र अमेरिकाका संघीय नियोगहरूमा साइबर हमला भएको प्रमाण फेला पारेको जनाएको छ ।
चीनस्थित सुपर माइक्रो कम्प्युटरले निर्माण गरेको अमेरिकी कम्पनी इलेमेन्टलबाट लिइएको सर्भरको प्रयोग गर्न अघि अमेजनले सन् २०१५मा सुरक्षा परीक्षण सञ्चालन गरिरहेका बेला जासुसी गरिएको पहिलो सूचना ब्लुमबर्गले प्राप्त गरेको जनाएको छ ।
त्यतिखेर अमेरिकाको गुप्तचर नियोगहरूले मिलोमतोको (कम्प्रोमाइज्ड) सर्भर फेला परेको थियो । विश्वका ९० प्रतिशत पर्सनल कम्प्युटरहरू चीनमा बनेकोले चीनले यस्ता साइबार आक्रमण गर्न सककेको जनाइएको छ ।
एप्पल अमेजन र प्रमुख बैंकहरूसमेत गरी धेरै अमेरिकी कम्पनीमा सुपर माइक्रो कम्प्युटरले बनाएको हार्डवेयर प्रयोगभइरहेका छन् ।
चीनको विदेश मन्त्रालयले यो समाचारलाई निराधर बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया