ललितपुर : झम्सीखेलको दमकलचोकमा ब्रुस्ड एण्ड ब्लेन्डिडले अत्याधुनिक मेकअप शैलुन खोलेको छ । वरिष्ठ ब्युटिशियन तथा महिला उद्धोग विकास समितिका सभापति कमला श्रेष्ठ तथा पुल्चोक एरियाका इन्स्पेक्टर चेतना पोखरेलद्वारा संयुक्तरुपमा यसको उद्घाटन गरेका छन्।
देशविदेशमा लामो समयसम्म यस क्षेत्रमा काम गरेकी मिनु बुढाथोकी मगर ब्लेन्डिङकी सञ्चालक हुन् । नेपाल र भारतबाट ब्युटिशियन कोर्सहरु गरेकी उनले शैलुनबाट मेकअप, हेयरस्टाइल, हेयर कटिङ्ग, फेसियल, नेल, मेहंदी, लगायतका सेवा उपलब्ध गराउने जानकारी दिर्इन् ।
मुलुकका विभिन्न शहरमा शाखा समेत खोल्ने तयारीमा रहेको यो शैलुनले साैन्दर्यसम्बन्धी विभिन्न सीपका समेत सिकाउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया