मन्त्री श्रेष्ठद्वारा दया फाउन्डेसन कल्चरल भिडियो कन्टेस्टकाे उद्घाटन

लोकपथ
28
Shares

काठमाडौं । दया फाउन्डेसनले नेवारी परम्परा, संस्कृति, मुल्यमान्यतामा आधारित विषयवस्तुहरु झल्काउने सम्बन्धी कल्चरल भिडियो कन्टेस्टको घोषणा गरेको छ । उक्त कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले समुद्घाटन गरेका छन् ।

ईन्द्रजात्राको अवसरमा सुरु गरिएको यस प्रतियोगिताका प्रतियोगीहरुले तीन मिनेटसम्मको उल्लेखित विषयवस्तुमा आधारित भिडियो बनाई प्रस्तुत गर्नुपर्नेछ । उक्त्त प्रतियोगिताको पहिलो चरणमा २०७९ आश्विन १५ गते शनिवारका दिन बेलुकी ६ बजे जुम मिटिङ मार्फत प्रतियोगीहरुको छनौट गरिने छ । पहिलो चरणमा छनौट भएका प्रतियोगीहरुहरुले पौष १६ गते भित्र आफूले तयार गरेको भिडियो दया फाउन्डेसनको ईमेल  [email protected] मा पठाई सक्नुपर्नेछ । यस प्रतियोगिताको विजेताको घोषणा २०७९ माघ १ गतेका दिन गरिने छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले यस प्रकारको कार्यक्रमले हाम्रो मौलिक परम्परा तथा संस्कृतिको संरक्षण तथा प्रवर्धनका निमित्त एकदमै ठुलो टेवा पुर्‍याउने र भविष्यमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गरिनुपर्ने कुरामा जोड दिए । साथै, उनले दया फाउन्डेसनलाई यस्तो उदाहरणीय प्रतियोगिताको आयोजना गरिएकोमा विशष धन्यवाद व्यक्त गरे ।

उक्त कार्यक्रममा प्रमुख अतिथिलगायत दया फाउन्देशनका अध्यक्ष राजेशबहादुर प्रधान, काठमाडौँ महानगरपालिका अन्तर्गत वडा नम्बर १८ का अध्यक्ष न्हुच्छे काजी महर्जन, वडा नम्बर २२ का अध्यक्ष चीनीकाजी महर्जन तथा विभिन्न नेवारी समाजका अध्यक्षहरुलगायत सो क्षेत्रका स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?