किष्ट बैंक घोटालाका मूख्य दोषी कमल ज्ञवाली समातिए !

काठमाडाैं : तत्कालीन किष्ट बैंक घोटालाका मुख्य दोषी कमल ज्ञवाली समातिएका छन् । बैंकका तत्कालीन प्रबन्धक सञ्चालक समेत रहेका ज्ञवालीलार्य महानगरीय अपराध अनुसन्धान महाशाखाले भारतबाट पक्राउ गरि ल्याएको जानकारी दिएको छ । 

बैंकिङ कसुरमा दोषी ठहर भर्इ फरार रहेका ज्ञवालीलार्इ २०७३ जेठमा पुनरावेदन अदालत पाटनको वाणिज्य र्इजलाशले ४ बर्ष कैद र १२ करोढ ५० लाख रूपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो । त्यसअघि देखि नै ज्ञवाली फरार रहेका थिए । 

पक्राउ परेका ज्ञवालीलार्इ अब फैसला कार्यान्वयनका लागि पेश गरिने प्रहरीले जानकारी दिएको छ । अदालतले ज्ञवालीसहित ८ जनालार्इ कैद र जरिवानाको फैसला गरेको थियो ।

ज्ञवालीले जम्को प्रकााशन प्रा.लि. नामक कम्पनीलार्इ कमशल धितो मूल्यांकनमार्फत कर्जा प्रवाह गरि बैंक घोटाला गरेको अारोप पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?