काठमाडाैं : नेपाल राष्ट्र बैंकले जिनियस रेमिट नेपाल प्रा.लि.को लार्इसेन्स खारेज गरिदिएको छ । यो रेमिट्यान्स कम्पनी अाफैंले कम्पनीको लार्इसेन्स खारेजीका लागि निवेदन दिएको थियो ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले यो कम्पनीबाट रकम बुझ्न बाँकी रहेकालार्इ ३५ दिनभित्र सम्पर्कमा अाउन अनुरोध गरेको छ ।
३५ दिनभित्र रकम दाबी नगरे कम्पनी स्वत : खारेज हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।
काठमाडाैंको धर्मपथमा केन्द्रीय कार्यालय रहेको यो कम्प्नीलार्इ राष्ट्र बैंकले रेमिट्यान्ससम्बन्धी काम गर्न लार्इसेन्स दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया