रसुवागढी सुख्खा बन्दरगाह निर्माण कात्तिकदेखि शुरू हुने

काठमाडाैं : रसुवाको टिमुरेमा चीनले अर्को महिनादेखि नेपालका लागि सुख्खा बन्दरगाह निर्माण थाल्ने भएको छ । नेपाल र चीनबीचको व्यापारलार्इ सहज बनाउन ८ हेक्टर क्षेत्रफलमा सुख्खा बन्दरगाह निर्माण गर्न लागिएको हो । 

नेपाल र्इन्टरमोडल यातायात विकास समितिका अनुसार यो सुख्खा बन्दरगाह निर्माणका लागि गत पुसमै डिजार्इन टुंग्यार्इसकिएको छ । बन्दरगाह निर्माणका लागि चिनियाँ प्राविधिकहरू यही साता नेपाल अाउनेछन् । 

सन् २०१४ मा नेपाल र चीनबीच टिमुरेमा सुख्खा बन्दरगाह निर्माणसम्बन्धी सम्झाैतामा हस्ताक्षर भएको थियो । चीनको द आर्किटेकचरल रिकोनाइसेन्स एण्ड डिजाइन इन्स्ट्रिच्युट अफ टिबेट नामक कम्पनीले बन्दरगाहको स्टिमेट डिजाइन समेत तयार गरिसकेको छ । निर्माण शुरू भएको २ बर्षभित्र यो बन्दरगाह तयार हुनेछ । 

बन्दरगाह निर्माणका लागि अावश्यक संरचनाका लागि सरकारले लाङटाङ राष्ट्रिय निकुञ्जको ५ र सर्वसाधरणको ३ हेक्टर जमिन अधिग्रहण गरेको छ । यो बन्दरगाह चिनियाँ प्रविधी र डिजार्इनमा बनार्इनेछ । 

बन्दरगाहमा पाँचतले मुख्य भवनसहित ७५० वर्गमिटरको गोदामघर निर्माण हुनेछ । ३५० वटा भन्दा बढी कन्टेनर अट्ने पार्किङ स्थल, अायात र निर्यातका लागि छुट्टाछुट्टै टर्मिनल र सामान चेकजाँच गर्ने चेकपोष्ट समेत निर्माण गरिनेछ । 

मुख्य भवनमा प्रशासनिक क्वारेन्टार्इन, अध्यागमन विभाग, ल्याब र बैंक लगायतका सुविधासम्पन्न संरचना निर्माण गरिने चिनियाँ पक्षले जानकारी दिएको छ । यो सुख्खा बन्दरगाह रसुवागढी-केरूङ नाकाबाट २६ किलोमिटर यता नेपालतर्फ पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?