काठमाडाैं : सर्वसाधारण लगानीकर्ताले असोज अाजदेखि कात्तिक २ गतेसम्म नि:शुल्क डिम्याट खाता खोल्न पाउने भएका छन् ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडले विश्व लगानीकर्ता सप्ताहको अवसरमा असोज १९ देखि कात्तिक २ गतेसम्म नि:शुल्क डिम्याट खाता खोल्न पाउने व्यवस्था गरेको हो ।
पूँजीबजारमा लगानी गर्न चाहने सर्वसाधारणले यो १५ दिनको अवधिमा बैंक तथा वित्तीय संस्था एवं शेयर दलाल कम्पनीहरूमा गर्इ नि:शुल्क डिम्याट खाता खोल्न पाउनेछन् ।
शेयर कारोबारलार्इ अभाैतिकीकरण गर्न र अनलार्इन माध्यमबाट कारोबार गर्न सरकारले अघिल्लो बर्षदेखि डिम्याट खाता खोल्न लगानीकर्तालार्इ प्रोत्साहन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया