काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले विदेशमा रहेका नेपालीहरुलाई समेत नेपालको राष्ट्रिय टिममा समावेश गर्ने आधार तयार हुँदै गएको बताएका छन् ।
शुक्रबारदेखी काठमाण्डौंमा सुरु भएको प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अथकले गैरआवासीय नेपालीहरुलाई आर्थिक र साँस्कृतीक अधिकारसहितको नागरीकता प्रदान गर्ने तयारी भईरहेकाले आगामी दिनमा नेपाली राष्ट्रिय टिममा एनआरएनका खेलाडीहरु समावेश हुन सक्ने वातावरण बन्दै गएको बताएका हुन् ।
विभिन्न कारणले विदेशी भूमिमा रहेका नेपालीहरुबीच खेलकुदको माध्यमबाट आपसी सद्भाव र भाईचारा कायम गर्न प्रयास भईरहेको तथ्य प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिताले पुष्टि गरेको उल्लेख गर्दै मन्त्री अथकले एनआरएनका नयाँ पुस्ताहरुलाई समेत खेलकुदका माध्यमबाट नेपालसँग जोड्ने अभियान सुरु गर्नुपर्ने बताए ।
आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनलाई समेत समावेश गर्ने गरी प्रक्रिया अगाडी बढाइएकाले त्यसको सदुपयोग गर्न समेत मन्त्री अथकले आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया