शेयरमा लगानी गर्नुभएको छ ? प्रतिफल दिन यी कम्पनीले गर्दैछन् साधारणसभा

काठमाडाैं : तपार्इँले पूँजीबजारमा लगानी गर्नुभएको छ भने अहिले लगानीको प्रतिफल लिने समय हो । सर्वसाधारणमा शेयर जारी गरेका विभिन्न कम्पनीहरूले साधारणसभामार्फत अाफ्ना लगानीकर्तालार्इ नगद लाभांश, बोनस शेयर, हकप्रद र अन्य प्रतिफल दिँदैछन् । 

अहिले नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत विभिन्न १६ वटा कम्पनीहरूले साधारणसभाको मिति तय गरिसकेका छन् । अन्य कम्पनीहरूले पनि साधारणसभा अायोजना गर्दैछन् । मार्इक्रोफार्इनान्स, विकास बैंक, जलविधुत र फार्इनान्स समूहका संस्थाहरूले यही साधारणसभामार्फत अाफ्ना लगानीकर्तालार्इ के-कति प्रतिफल दिने भन्नेबारे निर्णय गर्छन् । त्यसैले कम्पनीहरूको साधारणसभाबारे तपार्इँले जानकारी राख्नैपर्ने हुन्छ । 

दशैंअघि मात्रै १० कम्पनीले साधारणसभा बोलाएका छन् । यी साधारणसभाको मूख्य एजेन्डा लगानीकर्तालार्इ विभिन्न प्रकृतिको लाभांश दिने नै हो । दशैं पछि बाणिज्य बैंक र हालसम्म साधारणसभा अाब्हान गरेका कम्पनीहरूले पनि साधारणसभा अाब्हान गर्नेछन् । 

कम्पनीहरूको विश्लेषण गर्ने अाधार पनि साधारण सभा नै हुन सक्छ । कुन कम्पनीले लगानीकर्तालार्इ उचित प्रतिफल दिर्इरहेको छ र कस्ता कम्पनीमा लगानी गर्दा फार्इदा हुन्छ भन्ने जानकारी साधारणसभाबाटै पार्इन्छ । साधारणसभामा कम्पनीहरूले प्रस्ताव गर्ने प्रतिफल विश्लेषणमार्फत भविष्यमा तपार्इँलार्इ पूँजीबजारमा लगानी विस्तार गर्न मद्दत पुग्छ । 

साधारणसभा प्रस्ताव गरेका केही कम्पनीहरू :

क्र.सं. कम्पनी साधारणसभा लाभांश बुक क्लोज मिति
बोमी मार्इक्रोफार्इनान्स कात्तिक १७ नगद २५% कात्तिक ४-१७
अोरेन्टियल होटल कात्तिक १२ बोनस १५%,नगद ११.३२% असोज १९-कात्तिक १२
हाम्रो विकास बैंक कात्तिक ११ बोनस २.४०%, नगद ७.९१% असोज ३१
मेरो मार्इक्रोफार्इनान्स कात्तिक ९ बोनस १५%, नगद ११.३२% असोज १७-कात्तिक ९
सानिमामार्इ हाइड्रो कात्तिक ८ बोनस १०%, नगद ५% असोज २५-कात्तिक ८
युनिलिभर नेपाल कात्तिक ६ नगद ७००% असोज २२-कात्तिक ६
ज्योति विकास बैंक कात्तिक २९ नगद ८.४०% असोज १५-३०
जानकी फार्इनान्स कात्तिक २९ बोनस २२ % नगद, १.१६% असोज १६-२९
सार्इन रेसुंगा डेभलपमेन्ट बैंक कात्तिक २८ बोनस १७.७०%, नगद ०.९३% असोज २६-२८
१० भागर्व विकास बैंक कात्तिक २७ बोनस ५.५५%, नगद ०.२९% असोज १९
११ गरिमा विकास बैंक कात्तिक २६ बोनस १०% नगद ३.७५% असोज १२-२६
१२ महालक्ष्मी विकास बैंक कात्तिक २६ बोनस ८%, नगद ७% असोज १४-२६
१३ रिडी हार्इड्रोपावर कात्तिक २० बोनस ६%, नगद ०.३१% असार ७
१४ स्वरोजगार लघुवित्त कात्तिक २० बोनस २०%, नगद १.०५२% असोज ५-२०
१५ राष्ट्रिय बिमा कम्पनी कात्तिक १९    
१६ फस्ट मार्इक्रोफार्इनान्स कात्तिक २७ नगद १२.६३% असोज १७-२६

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?