प्रेमीले लगाइदिएको औँठीबारे बोलिन् परमिता

काठमाडौं । नायिका परमिता आर एल राणाले आफ्नो २५ औँ जन्मदिनमा प्रेमीले लगाइदिएको औँठीलाई लिएर मिडियामा इङ्गेजमेन्ट भएको समाचार आएपछि स्पष्टीकरण दिएकी छिन् ।

जन्मदिनमा प्रेमी हिसी लोसाङले औँठी लगाइदिएपछि परमिता भावुक बनेकी थिइन् भने औँठी लगाइदिएका तस्वीर सामाजिक सञ्जालमा आएका थिए ।

फ्यानले समेत इङ्गेजमेन्ट भएको भन्दै परमितालाई प्रश्न गरेका थिए । प्रियंका कार्कीसँग सम्बन्धमा रहेका आयुष्मान जोशीकी पूर्वप्रेमिका परमिताले प्रियंका र आयुष्मानको इङ्गेजमेन्ट भएसँगै उनीहरुले पनि गरेको अड्कलबाजी गरिएका थिए ।

शुक्रवार परमिताले सामाजिक सञ्जाल फेसबूकमार्फत आफूले इङ्गेजमेन्ट नगरेको बताएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?