काठमाडौं । रणवीर कपुरको ‘ब्रह्मास्त्र’ सेप्टेम्बर ९ मा सिनेमाघरमा रिलिज भएको छ । फिल्मले ओपनिङ दिनमै बम्पर कमाई गरेको छ । प्रारम्भिक तथ्यांक अनुसार फिल्मले पहिलो दिन ३६ करोडको व्यापार गरेको छ । योसँगै ‘ब्रह्मास्त्र’ ओपनिङ डेमा रणवीर कपूरको करियरको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।
रणवीरका अन्य चलचित्रहरूले कति कमाएका थिए ?
सञ्जु :
सन् २०१८ मा रिलिज भएको फिल्म ‘सञ्जु’लाई रणवीर कपुरको करियरको अहिलेसम्मकै उत्कृष्ट फिल्म मानिएको छ । सञ्जय दत्तको जीवनीमा आधारित यस फिल्ममा रणवीरले आफ्नो अभिनयबाट चर्चा कमाए ।
यो फिल्ममा उनी ठ्याक्कै सञ्जय दत्त जस्तै देखिन्थे, जसका कारण फ्यानहरुले पनि यो फिल्मलाई निकै मन पराएका थिए । रणवीर कपूरको फिल्मले पहिलो दिनमा ३४.७५ करोडको बम्पर ओपनिङ गरेको थियो र यसको कुल कमाई ३४२.५३ करोड थियो।
बेशरम :
यो सूचीमा दोस्रो नम्बरमा रहेको फिल्म ‘ बेशरम रहेको छ । रणवीरको यो फिल्म फ्लप भएको थियो । तर यो फिल्मको पहिलो दिनको कमाईले राम्रो गरेको थियो ।
सन् २०१३ मा रिलिज भएको रणवीर कपूरको यो फिल्मले पहिलो दिनमै २१.५६ करोड कमाएको थियो । तर बिस्तारै यो फिल्मको कलेक्शन घट्दै गयो । ‘बेशर्म’ को कुल बजेट ८३ करोड थियो तर यो फिल्मको कुल कलेक्शन मात्र ५९.७९ करोड थियो ।
ये जवानी है दिवानी :
रणबीर कपूर र दीपिका पादुकोणको फिल्म ये जवानी है दिवानी फ्यानहरूको सबै समयको मनपर्ने चलचित्रहरू मध्ये एक हो। फिल्ममा रणवीर र दीपिकाको केमेस्ट्रीले फ्यानहरूलाई मोहित बनाएको थियो र यसका गीतहरूले सबैलाई नचाएको थियो। फिल्मले पहिलो दिन १९.४५ करोड कमाएको थियो ।
‘ए दिल है मुश्किल :
फिल्म ‘ए दिल है मुश्किल’ मा अनुष्का शर्मा र ऐश्वर्या राईसँग रणवीर कपूरको केमेस्ट्रीलाई फ्यानहरुले निकै रुचाएका थिए । यही कारण फिल्मले १० करोडभन्दा बढीको ओपनिङ गरेको थियो । हो, फिल्मले पहिलो दिनमै १३.३० करोड कमाएको थियो ।
तमाशा :
एक समय थियो जब दीपिका पादुकोण र रणवीर कपुरको जोडी ठूलो पर्दामासँगै आउदा निकै चर्चामा रहने गर्थ्यो । तर फिल्म ‘तमाशा’ मा दुबैको जोडीले प्रदर्शन गर्न सकेनन् । फिल्मले पहिलो दिन मात्र १०.९४ करोड कमाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया