काठमाडौं । जापान सरकारले नेपललाई ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
शुक्रबार अर्थ मन्त्रालयमा भएको एक कार्यक्रमकाबीच नेपालले नेपालको विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने भएको हो ।
सहायता उपलब्ध गराउने समझदारी पत्रमा जापानका लागि नेपालका राजदुत मासामिची सैंगो र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्णले हस्ताक्षर गरेका छन् ।
समझदारी पत्रमा अनुदान सहायता नेपालको विद्यालय तहको शिक्षालाई गुणस्तरीय बनाउने कार्यक्रममा खर्च गरिने उल्लेख गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपालका लागि जापानका राजदुत सैंगोले नेपालको शैक्षिक क्षेत्रको विकास गरेर गरिबी निवारणको कार्यक्रमलाई प्रभावकारी बनाउन जापान सरकारले आर्थिक सहायता उपलब्ध गराएको बताए ।
‘जाइका’ मार्फत् जापानले नेपालको दिगो आर्थिक–सामाजिक विकासका लागि विभिन्न आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया