काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-ट्वान्टी लिगमा सहभागिता जनाउने ६ टोलीले मार्की खेलाडी अनुबन्ध गरेको छ ।
क्यानले शनिबार पहिलो चरणमा ६ मार्की खेलाडी अनुबन्ध गरेको जनाएको छ । काठमाडौं कान्तिपुरले मार्की खेलाडीमा ज्ञानेन्द्र मल्ल, लुम्बिनीले दीपेन्द्र सिंह ऐरी र विराटनगरले मार्की खेलाडीमा रोहित पौडेललाई अनुबन्ध गरेको छ ।
यस्तै जनकपुरले सोमपाल कामी, पोखराले आसिफ शेख र फारवेस्टले करण केसीलाई मार्की खेलाडी चयन गरेको छ ।
पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया