एएफसी यू–२० छनोट : पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्ने

लोकपथ
189
Shares

काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यू–२० एसियन कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल र भुटान भिड्दै छन् । आज शनिवार शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपाल र भुटानबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल भुटानलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ भने भुटान पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ । नेपाली यू–२० राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि टिमको तयारी राम्रो रहेको बताएका छन् । प्रशिक्षक केसीका अनुसार नेपालले एसियन कपमा छनोट हुने आशा राखेको छ ।

तीन महिनाबाट प्रशिक्षण गरिरहेको कारण प्रतियोगिताका लागि टिम तयार रहेको केसीले जानकारी दिए । एएफसी यू–२० एसियन कप छनोट प्रतियोगिताका लागि नेपालसमेत भुटानसँगै कतार, बहराइन र बंगालादेश छन् ।

यस्तै, नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ । बिहीबार बहराइनसँग खेल्दा अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्ने छ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?