दशैंका लागि खसीबोका किन्नु भयो? नझुकिनुस कर लाग्दैन है !

काठमाडौं । संघीय मामिला तथा प्रशासन मन्त्रालयले सबै स्थानिय तहलाई खसी, बोका र च्यांग्रा व्यवसायीसँग कर नउठाउन निर्देशन दिएको छ । 

दशैंको बेला राजधानी र अन्य मुख्य सहरमा खसी ,बोका च्यांग्रा लैजाने क्रममा स्थानीय तहहरुले कर उठाउन थालेपछि मन्त्रालयले कर नउठाउन निर्देशन दिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६१ मा ‘जिव जन्तु र चौपायको व्यापार व्यवसाय गर्नेबाट व्यवसाय कर वा हाट बजारमा खरिद बिक्री भएको अवस्थामा बाहेक अन्य कुनै किसीमको कर शुल्क आदि उठाउन नमिल्ने ’ व्यवस्था रहेको छ । 

संघीय मामिला मन्त्रालयको सचिवस्तरको निर्णयबाट सबै स्थानीय तहलाई कर संकलन नगर्न परिपत्र गरिएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?