काठमाडौं । नेपाल भूटानमा जारी साफ यू-१८ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
राजधानी थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रवार साँझ सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ३-१ गोल अन्तरले पराजित गर्दै अन्तिम दुईका स्थान तय गरेको हो ।
खेलको २४ औँ मिनेटमा रस्मी कुमारी घिसिङले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए । खेल सकिनै लाग्दा भारतका लागि तुडु जावामानीले गोल गर्दै खेललाई एक-एक गोलको स्थितीमा ल्याउन सफल भइन् ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित समयसम्म र थपिएको समयमा पनि दुवै टिमबाट समान १-१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरेको थियो ।
यसअघि नेपालले समूह चरणको एक खेलमा जित र एक खेलमा हार व्यहोर्दै सेमिफाइलनको स्थान तय गरेको थियो ।
समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२-० गोलले पराजित गरेको थियो भने बङलादेशसँग २-१ को हार व्यहोरेको थियो । समूहको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २–१ को पराजय हुँदै समूहको उपविजेता बन्दै अन्तिम चारमा पुगेको थियो ।
अब नेपालले आयोजक भुटान र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया