इन्टरपोलका अध्यक्ष ‘चीनमा वेपत्ता’

पेरिस ।  इन्टरपोलका अध्यक्ष चीन भ्रमणका क्रममा वेपत्ता भएको उहाँको श्रीमतीले जानकारी दिएका छन् ।

अध्यक्ष मेङ होङवेइकी श्रीमतीले आफ्ना ६४ बर्षिय श्रीमान सम्पर्कविहीन भएको बताएको फ्रान्सको न्यायिक कार्यालयले शुक्रबार जनाएको छ । 

उनले सेप्टेम्बरको अन्तिम दिनदेखि आफ्ना श्रीमान्का बारेमा थप केही थाहा नपाएको जानकारी दिए । फ्रान्सको लियोनबाट चीन प्रस्थान गर्नुभएका मेङ चीन पुगेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । 

दुवै पक्षका अधिकारीहरूले उनको खोजी र थप अनुसन्धान भइरहेको पनि बताएको समाचारमा जनाइएको छ ।  इन्टरपोलले पनि आफ्ना अध्यक्ष वेपत्ता भएको बारेमा विज्ञप्ती प्रकाशित गरी सरोकारवालाहरूलाई जानकारी गराएको छ । 

“फ्रान्स र चीनका सरोकारवाला अधिकारीहरूको हामी ध्यानाकर्षण गराउन चाहन्छौ,” विज्ञप्तिमा भनिएको छ ।  अन्तर्राष्ट्रिय प्रहरी निकायको रुपमा रहेको इन्टरपोलले आफ्नो संयन्त्रलाई पनि उनको खोजीका लागि परिचलन गर्ने भएको छ । 

मेङ गत सन् २०१६ को नोभेम्बरमा इनटरपोलको अध्यक्ष निर्वाचित भएका थिए । उनका कार्यकाल आउँदो सन् २०२० सम्म रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?