काठमाडौं : शुक्रबार नेपाली रूपैयाँसँगको विनिमयदरसँग रेकर्ड कायम गरेको अमेरिकी डलरको भाउ अाज फेरि बढेको छ ।
राष्ट्र बैंकले अाजका शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार १ अमेरिकी डलर साट्दा अाज ११८ रूपैयाँ ३३ पैसा सटहीदर कायम भएको छ । यो दर अमेरिकी डलरको नेपाली रूपैयाँसँगको हालसम्मकै उच्च विनिमयदर हो ।
बुधबारदेखि ११६ रूपैयाँ हाराहारीबाट बढ्न थालेको डलरको मूल्य हिजो शुक्रबार खरिददर ११७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ११८ रूपैयाँ ३ पैसा पुगेको थियो। अाज १ अमेरिकी डलरको खरिददर ११७ रूपैयाँ ७३ पैसा र बिक्रीदर ११८ रूपैयाँ ३३ पैसा कायम भएको छ ।
युरोको खरिददर १३५ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३६ रूपैयाँ १६ पैसा, पाउन्ड स्ट्रलिङको खरिददर १५३ रूपैयाँ ५६ पैसा र बिक्रीदर १५४ रूपैयाँ ३४ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८३ रूपैयाँ ३३ पैसा र बिक्रीदर ८३ रूपैयाँ ७६ पैसा तोकिएको छ ।
यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ ३४ पैसा र बिक्रीदर १० रूपैयाँ ३९ पैसा, चिनिया युआन १ को खरिददर १७ रूपैयाँ १४ पैसा र बिक्रीदर १७ रूपैयाँ २३ पैसा, साउदी अरेबियन रियालको खरिददर ३१ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५५ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
कतारी रियाल १ को खरिददर ३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३२ रूपैयाँ ५० पैसा, युएर्इ दिहराम १ को खरिददर ३२ रूपैयाँ ५ पैसा र बिक्रीदर ३२ रूपैयाँ २२ पैसा, मलेसियन रिंगेट १ को खरिददर २८ रूपैयाँ ३९ पैसा र बिक्रीदर २८ रूपैयाँ ५४ पैसा कायम भएको छ ।
यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ ४२ पैसा र बिक्रीदर १० रूपैयाँ ४७ पैसा, कुवेती दिनार १ को खरिददर ३८७ रूपैयाँ ६६ पैसा तथा बिक्रीदर ३८९ रूपैयाँ ६३ पैसा र बहरार्इन दिनार १ को खरिददर ३१२ रूपैयाँ ३३ पैसा तथा बिक्रीदर ३१३ रूपैयाँ ९२ पैसा तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया