१० अर्ब रुपैयाँँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमवार पुन १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकको भनाइ छ ।

भदौ २८ गते जारी मिति तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । राष्ट्र बैंकका अनुसार भोलि बिक्री हुने ट्रेजरी बिल अन्र्तगत २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको पाँच अर्ब रुपैंयाँ रहेको छ ।

यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ असोज २५ गते र २०७९ मंसिर २७ गते तोकिएका छन् । यी दुबै ट्रेजरी पुरानो नवीकरण अन्र्तगतको रहेको राष्ट्र बैंकको भनाइ छ । गत साता अर्थात भदौ २० गते पनि राष्ट्र बैकले छ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?