१ आइतवार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन सकेन, सोमवार शीर्ष नेताहरुको बैठक बस्ने ।
२. असोज १ गते प्रतिनिधिसभाका सांसदको बिदाइ हुने, संसद सचिवालयले भदौ २९ गते बस्ने बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने सरकारको तयारी ।
३. नेपाललाई १० वर्षभित्र साँच्चिकै विकासको गतितर्फ लान सक्ने सम्भावना भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, देशको आर्थिक स्थिति बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने तर्क ।
४. विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्दारमा सरकार लागिपरेको श्रममन्त्री शेरबहादुर कुँवरको भनाइ, आवश्यकता अनुसार सम्बन्धित देशको सरकारसँग पनि कुराकानी गर्ने धारणा ।
५. तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको परराष्ट्रमन्त्री नारायण खड्काको भनाइ, दसैँभन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा दिने प्रतिबद्धता ।
६. सत्तारुढ गठबन्धन जनतासँग डराएको नेकपा एमालेका नेता गोकुल बास्कोटाको आरोप, ‘गठबन्धनबाट प्रधानमन्त्रीको उमेदवार को हुन्छ भन्दै गरे प्रश्न ।
७. काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाको ठेक्कामा संलग्नलाई कारबाही गर्न संसदीय समितिको निर्देशन, रेल संचालनका लागि आवश्यक जनशक्ति र त्यसको सुरक्षाका लागि खटिने सुरक्षाकर्मीहरुको दीर्घकालीन रुपमा व्यवस्थापन गर्ने कार्ययोजना अघि बढाउन आग्रह ।
८. आजबाट सोह्र श्राद्ध सुरु, १६ दिनसम्म दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदा दान र पिण्डदान गरिदैँ ।
९. विदेशबाट आयात हुने कच्चा सामग्रीमा भन्सार शुल्क नलिन सरकारसँग माग, स्वदेशी वस्तुहरुमा नेपालीहरुको विश्वास बढ्दै गइरहेको व्यवसायीहरुको भनाइ ।
१०. पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टी, २ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या २ हजार ३ सय १६ मा ओर्लियो ।
११. साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से परिसूचक ११.४७ अंकले घट्दा ७५ करोड बराबरको कारोबार ।
१२. अमेरिकामा भएको ट्वीन टावर हमलाको २१ वर्ष पुरा । सन् २००१ को सेप्टेम्बर ११ मा ११० तले दुईवटा भवनमा आतंककारीले हवाइजाहज ठोक्काउँदा हजारौंले गुमाएका थिए ज्यान ।
१३. पूर्वी पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प । आइतबार गएको ७ दशमलब ६ म्याग्निच्युडको भूकम्पले धेरै ठूलो क्षती पु¥याएको अनुमान, सुनामी जानसक्ने भूगर्भविद्को चेतावनी ।
१४. नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा, आफ्नो कार्यकालको ५ सय २५ दिनसम्म खुशी, माया र पीडाको यो यात्रामा साथ दिने सबैलाई दिए धन्यवाद ।
१५. महिला साफ च्याम्प्यानसिप अन्तर्गतको आफ्नो दोस्रो खेलमा भोलि (साेमवार) नेपालले श्रीलंकासँग भिड्दै, श्रीलंकालाई हराएर सेमिफाइनल पुग्ने दाउमा नेपाल ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया