काठमाडाैं : नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले सहकारी गैह्र बैंकिङ क्षेत्रमा नियमन कमजोर हुँदा वित्तीय स्थायित्वमा जोखिम बढेको बताएका छन् । यी क्षेत्रमा अदृश्य जोखिम बढेकाले वित्तीय कारोबार गर्ने संस्थाहरूमा सुशासन अभावका कारण समस्या अाउन सक्नेतर्फ गर्भनर नेपालले सचेत गराएका छन् ।
अार्थिक अभिबृद्दिका वित्तीय स्थायित्व पूर्वशर्त रहेको जनाउँदै गर्भनर नेपालले अर्थतन्त्रमा कूल रकमको १५% रकम प्रवाह गर्ने संस्थाहरू नियमन बाहिर रहेको जानकारी गराएका छन् । वित्तीय संस्थाहरू नियमन बाहिर रहेका कारण यी संस्थाहरूमा समस्या अाउँदा समग्र वित्तीय क्षेत्र जोखिममा पर्ने अाैंल्याएका छन् ।
नेपाल अार्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार राजधानीमा अायोजना गरेको वित्तीय क्षेत्रको स्थायित्व : प्राथमिक राष्ट्रिय एजेन्डा विषयक अन्तर्किया कार्यक्रममा बोल्दै नेपालले चालु अार्थिक बर्षको माैद्रिक नीतिले वित्तीय स्थायित्व र शसक्तिकरणका लागि मापदण्डहरू अवलम्बन गरेपनि बचत र ऋण सहकारीसहित वित्तीय कारोबार गर्ने संस्थाहरूमा यस्ता संस्थालार्इ स्वनियममा बस्न सुझाएका छन् ।
सहकारीमा ठूलो अाकारको रकम कारोबार भर्इरहेकाले यी संस्थालार्इ प्रभावकारी नियामनको दायरामा ल्याउनुपर्ने भएकाले यी संस्थाको निक्षेप सुरक्षण २ लाखबाट ३ लाख रूपैयाँ पु-यार्इएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया