पूँजीबजार नियामक धितोपत्र बोर्डले बिराटनगरमा प्रादेशिक कार्यालय खोल्दै

मोरङ : पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले विराटनगरमा निकट भविष्यमै प्रादेशिक कार्यालय खोल्ने भएको छ । विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर विराटनगरमा भर्इरहेको पूँजीबजार प्रदर्शनीमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले सो जानकारी गराएका हुन् । 

स्थानीयस्तरबाट जारी गरिने शेयरको समेत नियमनमा बोर्डले तयारी गरिरहेको जनाउँदै कार्कीले लगानीकर्ताको हकहितका लागि साधारण शेयर (अार्इपीअो) मा सवैले १० कित्ता शेयर प्राप्त गर्न सक्ने नियम ल्यार्इएको दाबी गरे । शेयरको दोस्रो बजारलार्इ देशव्यापी बनाउन बोर्डले अावश्यक प्रकृया शुरू गरिसकेको कार्कीले जानकारी दिए । 

बोर्डकै अायोजनामा बिराटनगरमा पूँजीबजार प्रदर्शनी भएको हो । प्रदर्शनीको उद्घाटन गर्दै प्रदेश १ का मूख्यमन्त्री शेयरधन रार्इले धितोपत्र बजारलार्इ पूँजी परिचालनका लागि शक्तिशाली माध्यमका रूपमा विकास र विस्तार गर्नुपर्ने तर्क राखे । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रशिंह साउदले अहिले शेयर बजार पूर्णत : अनलार्इ प्रणालीमा गर्इरहेको उल्लेख गर्दै सेवाग्राहीलार्इ प्रविधीमैत्री हुन अाग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?