श्री इन्भेष्टमेन्टले १०% लाभांश दिँदै

काठमाडाैं : श्री इन्भेष्टमेन्ट एन्ड फार्इनान्सले अाफ्ना शेयरधनीलार्इ १०% लाभांश दिने भएको छ । 

यो लाभांश साधारणसभाले अनुमोदन गरेपछि मात्र श्रीका शेयरधनीले प्राप्त गर्नेछन् । गत बर्ष २६.५७% बोनश शेयर लाभांश दिएको श्री को चुक्ता पूँजी ८० करोड १ लाख ५० हजार रूपैयाँ कायम छ । 

कम्पनीले गत अार्थिक बर्षको नाफाबाट ८.७७% नगद लाभांश र १.२३% बोनश शेयर दिन लागेको हो । बिहिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले नगद र बोनश गरि कूल १०% लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो । 

प्रस्तावित नगद लाभांश र बोनश शेयर वितवरणपछि कम्पनीको चुक्ता पूँजी ८१ करोड रूपैयाँ पुग्नेछ । गत अार्थिक बर्षमा यो कम्पनीले ९ करोड २१ लाख ३ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?