काठमाडाैं : नेपाल वायुसेवा निगम (एनएसी) ले शनिबार बिहानै शोलुखुम्बुको लुक्ला बिमानस्थलमा ४ वटा जहाज अवतरण गराएको छ।
पर्यटकीय सिजन शुरू भएसँगै अान्तरिक उडानलार्इ प्राथमिकता दिने बताएको एनएसीले अाज पहिलोपटक वार्इ-१२ जहाजबाट समेत लुक्लामा व्यवसायिक उडान शुरू गरेको हो । यो उडानलार्इ निगमनले र्इतिहासको ठूलो उपलब्धी मानेको छ।
शनिबार बिहान ६ बजेदेखि नै एनएसीले लुक्लामा उडान भरेको छ । यसअघि निजी कम्पनीका विमान र ट्वीनअटर मात्र उडान/अवतरण भर्इरहेको लुक्लामा अब सरकारी वायुसेवा कम्पनी एनएसीले सस्तो भाडादरमा हवार्इ यात्राको सेवा दिन शुरू गरेको हो ।
व्यवस्थापनको कमजोरीका कारण विमान थन्क्याउने र अान्तरिक गन्तव्यहरूमा निजी कम्पनीलार्इ मात्र अवसर दिने समस्यालार्इ निगमले अाजदेखि चिरेको छ। विश्वकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा प्रख्यात लुक्लामा अब एनएसीले दैनिक उडान भर्नेछ ।
निगमले दाङको टारीगाउँ विमानस्थलमा पनि व्यवसायिक उडान शुरू गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया