नेप्सेमा ४० अंकको गिरावट

काठमाडाैं : यो साता नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा ४० अंकको गिरावट देखिएको छ । साताको तीन दिनसम्म दोहोरो अंकले घटेपछि नेप्सेमा ३९.८१ अंकले गिरावट अाएको हो । 

साताभरीमा मंगलबार मात्रै नेप्सेमा सामान्य सुधार देखिएको थियो । यो साता २ अर्ब ३८ करोड ६८ लाख ६० हजार रूपैयाँ बराबरको ८९ लाख २७ हजार ९१९ कित्ता शेयर कारोबार भएको नेप्सेको कारोबार गत साताभन्दा २७.८५% ले कम हो । गत साता नेप्सेमा एक करोड ६७ लाख ७२ हजार दुई सय ४० कित्ता शेयरहरु ३ अर्ब ३० करोड ८१ लाख ६० हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस साता कारोबार रकम, कारोबार भएको शेयर दुबैको आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको ४ लाख ६१ हजार कित्ता शेयर १४ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

त्यसैगरि एनएमबि बैंकको १२ करोड ९४ लाख ९० हजार, ग्लोबल आइएएमई बैंकको १२ करोड ४७ लाख ८० हजार, एनआईसी एशिया बैंकको ११ करोड ४५ लाख ७० हजार रुपैयाँको शेयर खरिद-बिक्री भएको छ ।

प्रभु बैंकको ९ करोड ६१ लाख ५० हजार, माछापुच्छ्रे बैंकको ९ करोड १६ लाख ७० हजार, कुमारी बैंकको ८ करोड ७ लाख ३० हजार, सानिमा माइ हाइड्रोपावर ७ करोड ९३ लाख ३० हजार, नेपाल लाईफ इन्स्योरेन्स ६ करोड ७६ लाख ४० हजार, र दशौं नम्बरमा परेको मेगा बैंकको ६ करोड ४७ लाख ४० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।यस साता कारोबार संख्याको आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको ९७८ वटा कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?