बाफ्रे यो पो सुन्दरता ! जान्नुहोस् दक्षिण सुडानकी ‘क्वीन अफ डार्क’ को म्याजिकल ब्यूटी

के कुरालाई सुन्दर भन्ने ? सुन्दरताको सूचकांक के हो ? यो विश्वभर चलेको बहसको विषय हो । हुन त सुन्दरताको कुनै मापदण्ड हुँदैन । तर, संसारभर नै गोरा मानिसहरूलाई सुन्दर मानिने चलन छ । 

हाल विश्वभर नै गोरा र कालाहरूका बीचको विभेद अझै कायमै छ  । जसका कारण काला मानिसहरूले अपमान सहनुपर्ने हुन्छ । तर, मानिस गोरो वा कालो हुने आफ्नो नियन्त्रणको कुरा भने होइन । 

मानिसले कालो रङ्ग भएका कारण धरै जसोले अपहेलित हुने गरेको पाइन्छ । कोही व्यक्तिले कालो रङ्गलाई आफ्नो सबैभन्दा ठूलो कमजोरी पनि मान्ने गर्छन् ।  

तर, त्यहाँ केही व्यक्तिहरू पनि छन् जसले आफ्नै कमजोरीलाई आफ्नै बलमा परिणत गर्छन् । यस्तै कथा छ दक्षिण सुडानको मोडेल न्याकिम गैटवेचको । 

उनको अनौठा सुन्दरतालाई आज मानिसहरुले ‘क्वीन अफ डार्क’ को उपनाम दिएका छन् । 

झट्ट हेर्दा आबुई भन्ने कीसीमको कालो छ उनको छाला । न्याकिम गैटवेच (जनावरी ७, १९९३), दक्षिण सुडानी मोडेल हुन् मोडेल मात्रै होईन ‘क्वीन अफ डार्क’ हुन् उनी । जसलाई अनुहारको कालो रङ्गले एक रत्ति पनि फरक पारेको छैन । यसकारण कि उनले गोरो रङ्गको छाला भएका मात्र मोडल हुन्छन् भन्ने भनाइलाई गलत साबित गरेकी छिन् । उनले आफ्नो कालो छालाको रङ्गले सबैको ध्यान आकर्षित गरेकी छिन् भने उनी इन्स्टाग्राममा पनि लोकप्रिय छिन् । 

गैटवेचको परिवारले अमेरिकामा बसाई सर्नु अघि उनीहरु इथियोपिया र केन्यामा शरणार्थी शिविरमा बस्दै आएका थिए । उनीहरु २००७ मा अमेरिका आएका हुन् । 

न्याकिमले अमेरिकामा आफूहरुको जीवन सजिलो हुन्छ भन्ने लागेको थियो । परिणम ठ्याकै उल्टो ।  अमेरिकामा स्थीर रहनको लागि अझै बढि संघर्ष गर्नु प-यो उनले । 

जब उनी स्कूलले जीवनमा थिइन् । उनको कक्षाको साथीहरुले उनलाई काली, तँ राम्री छैनस् भनेर र जिस्काउने गर्थे । उनको साथी बन्न कसैको रुची थिएन ।  

विद्यालय तथा बाटोमा मानिसहरुले उनलाई देखेर हाँस्ने गर्थे । 

तिमीलाई त हामी अधेरोमा देख्दैनौ भन्नेहरुको पनि कमि थिएन उनको जीवनमा । 

उनी आफैँ सोच्ने गर्थिन्, ‘म नुहाए भने सेतो हुन्छु कि ? अथवा राम्री हुने अरु उपाय पो छ कि ?’

उनले सुनेका पढेका हजारौँ नकरात्मक अभिव्यतिलाई बेवास्था गरेर आज उनी कालो जाती र सबै महिलाहरुको प्रेरणाको श्रोत बनेकी छिन् । 

हरेक दिनको अपमानित शब्द सुन्नु भन्दा उनले आफ्नो छाला ब्लीच गरौकी भन्ने पनि ठानिन् । तर उनको दिदीले उनलाई हतारमा यस्तो निर्णय नगर्न आग्रह गरिन् । र उनले आफू जस्तो छु त्यस्तै रहने निर्णय गरिन् । अन्ततः आज उनी एक सफल मोडल हुन् । 

गैटवेजको मोडलिङ करियरको सुरुवाती दिनहरुमा उनलाई उवेरको एक चालकले १० हजार डलर दिन्छु, तिमी आफ्नो छाला ब्लीच गराउ भनेर सल्लाह पनि दिएका थिए । तर, उनले हाँस्दै ‘म जस्तो छु त्यस्तै राम्री छु । यदि उज्यालोले मेरो जीवन सजिलो बनाउँछ भने पनि मलाई चाहिँदैन ।’ भनेकि थिइन् । 

उनको यस्तो जवाफ सुनेर त्यो चालक अच्चम भएका थिए ।   

उनको जीवनको एउटै लक्ष्य छ । आफूलाई जस्तो छु त्यस्तै प्रेम गर्न प्रोसाहन गर्ने र छालाको रङ्गका कारण विभेद भएकाहरुलाई सहयोग पु-याउने । उनी भन्छिन् ‘मलाई म सानो हुदाँ मलाई तिमी काली हो । तर, तिमी राम्री हो भन्ने कोही थिएन  । अरु भन्दा फरक हुनु गलत होइन भन्ने सबै जनाले स्वीकार गर्नु पर्छ ।’

उनको सुन्दरताको बाधाहरूलाई तोड्दै दृढ अठोटका साथ लागि परेकाले उनले अरूलाई पनि आफ्नो छालाको रङ्ग जस्तो छ त्यस्तै आफूलाई स्वीकार गर्न प्रोत्साहित गर्ने गर्थिन् ।   

२४ वर्षीय गेटवेचको इन्स्टाग्राम प्रत्येक तस्वीरहरू १० हजार भन्दा बढि मानिसहरुले दैनिक रुपमा राम्रो प्रतिक्रिया दिने उनले उनको अन्र्तवार्तमा बताएकी छिन् । 

गेटवेच मोडल मात्र होइनन् । उनी विश्वभरमा रहेका कालो वर्णको मानिसहरुको अधिकारका लागि पनि आवाज उठाउने गरेकी छिन् ।

‘कालो रङ्ग भनेको साहस हो, कालो सुन्दर हो, कालो सुन हो , अमेरिकाको कारणले अफ्रिकी आत्मालाई बिर्सन दिनु हुँदैन । तपाई जुन रङ्गको छालामा जीउदै हुनुहुन्छ त्यो रङ्गसँग प्रेम गर्नुहोस् ।’ उनले दिने गरेको हौसला, साहस यहि हो ।  

‘म एउटी काली केटी भएकामा गर्व गर्छु । तपाईको कारणले मैले आफूलाई प्रेम गर्न सिके ।’ उनले पाएको यो सकारात्मक प्रतिक्रियाले गैटवेचलाई अझै ती व्यक्तिहरूको लागि काम गर्ने हौसला मिलेको छ ।

उनको जीवनको मुख्य लक्ष्य नै यही हो । आफूलाई प्रेम गर्न सिकाउने र अरुलाई सहयोग गर्ने । यो महत्वपूर्ण पनि छ । एजेन्सीको सहयोगमा​

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?