अनमोलको ‘क्याप्टेन’ यो मितिमा रिलिज हुने

काठमाडौं । युवापुस्तामाझ लोकप्रिय अभिनेता अनमोल केसीको फिल्म ‘क्याप्टेन’ को रिलिज मिति सार्वजनिक गरिएको छ । खबरका अनुसार चलचित्रले फागुन १७ गतेलाई रिलिज मिति पक्का गरेको छ ।

दिवाकर भट्टराईले निर्देशन गरेको यो फिल्मलाई उक्त मितिमा सार्वजनिक गर्ने जानकारी वितरक मनोज राठीले गराए । फिल्म कार्तिकमै प्रदर्शनमा आउने भनिएको थियो तर भीएफएक्सको काम नसकिएकाले रिलिज मिति पर सरेको हो ।

स्रोतका अनुसार भीएफएक्स टिममा हलिउडका प्राविधिक पनि उपस्थित हुनेछन् । 

चलचित्रमा अनमोलका अलावा उपासना ठकुरी, विल्सनविक्रम राई, प्रशान्त ताम्राकार, प्रियंका एमभी, सुनील थापा लगायतका कलाकारले मुख्य भूमिका निभाएका छन् ।

खेलसँग सम्बन्धित यो फिल्ममा देशप्रेम पनि जोडिनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?