पहिलो हाफमा नेपाललाई ४–० को फराकिलो अग्रता

लोकपथ
0
Shares

काठमाडौं । छैठौं साफ महिला च्याम्पियनसिप अन्तर्गत सोमवार (आज) नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ । अपराहन्न साँझ साढे ५ बजेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको खेलको पहिलो हाफमा नेपालले सुखद सुरुवात गरेको हो ।

नेपालले पहिलो हाफमा श्रीलंकाविरुद्ध ४–० अन्तरको फराकिलो अग्रता कायम गरेको छ । नेपालका लागि पहिलो गोल खेलको दशौं मिनेटमा रश्मि कुमारी घिसिङले गरिन ।

त्यस्तै, दोस्रो गोल खेलको एघारौं मिनेटमा सरु लिम्बू तथा खेलको सत्रौं मिनेटमा अमृता जैसीले तेस्रो गोल थपिन । नेपालका लागि पहिलो हाफको थपिएको तीन मिनेमा पनि एक गोल थपियो । दिपा राईले पनि नेपालका लागि गोल गरेकी छन् ।

समूह चरणको अन्तिम खेलमा भएपनि नेपालका लागि आज सावित्रा सुवेदी साम्बा डेंगूँ संक्रमणका कारण मैदान बाहिर छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?