साफ महिला च्यापियनसिप : श्रीलंकाविरुद्ध नेपालकाे सानदार जित, जितसँगै नेपाल सेमिफाइनलमा

लोकपथ
203
Shares

काठमाडाैं । छैठौं साफ महिला च्यापियनसिपअन्तर्गत नेपाल र श्रीलंकाबीच भएकाे आजकाे खेलमा नेपाल विजयी भएकाे छ ।

सेमिफाइनलको यात्रा तय गर्ने लक्ष्यसाथ मैदान उत्रिएको नेपालले श्रीलंकालाई ६-० गाेल अन्तरले पराजित गरेकाे हाे । याे सँगै नेपालले  सेमिफाइनलको यात्रा पक्का गरेकाे छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलमा नेपालले पहिलो हाफमा श्रीलंकाविरुद्ध ४–० अन्तरको फराकिलो अग्रता कायम गरेको थियाे । दाेस्राे हाफमा नेपालले थप दुई गाेल प्रहार गरेकाे थियाे ।

नेपालका लागि पहिलो गोल खेलको दशौं मिनेटमा रश्मि कुमारी घिसिङले गरिन् भने दोस्रो गोल खेलको एघारौं मिनेटमा सरु लिम्बू तथा खेलको सत्रौं मिनेटमा अमृता जैसीले तेस्रो गोल थपिन् । नेपालका लागि पहिलो हाफको थपिएको तीन मिनेमा पनि पा राईले एक गोल थपिन् ।

खेलको ७६ औं मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई ५-० को अग्रता दिलाईन् । त्यसपछि खेलको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६-० को जित दिलाईन्

समूह ‘ए’ बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । माल्दिभ्स र पाकिस्तान भने बाहिरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?