काठमाडौँ- आइसिसी विश्व टी–२० क्रिकेट अन्तर्गत एशिया छनोटमा नेपालले लगातार दोस्रो जीत निकाल्न सफल भएको छ ।
छनोटको समूह ‘बी’को दोस्रो खेलमा नेपालले आज आयोजक मलेसियालाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत निकालेको हो ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा मलेसियाले दिएको १०१ रनको सामान्य लक्ष्य नेपालले १२ ओभर ४ बलमा मात्र दुई विकेट गुमाएर पूरा ग¥यो ।
नेपालको जीतमा कप्तान पारस खड्काले अविजित ५२ र उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित २७ रन जोडे तथा ओपनर विनोद भण्डारी १२ र अनिलकुमार साहले एक रनको योगदान गरे ।
यसअघि टस जीतेर ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो ।
मलेसियालाई १०० रनमै सीमित गर्ने क्रममा नेपालका युवा बलर सन्दिप लामिछानेले पाँच विकेट लिएका थिए । त्यस्तै सोमपाल कामीले तीन र कप्तान पारस खड्काले एक विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया