‘भारतबाट जोगी र माग्ने आएर बच्चाहरू चोरी गरेको भन्ने भ्रम हो’ : साइवर ब्यूरो

लोकपथ
94.7k
Shares
?????????????????????????????????????????????????????????

काठमाडौं । पछिल्लो केहीदिन यता सामाजिक सञ्जालहरुमा मानव तस्कर नेपाल प्रवेश गरेको खबरहरु छ्याप्छ्याप्ती फेला पर्न थालेका छन् । “भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरू नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरू चोरी गरी भारत लगेर मृगौला, आँखा लगायतका शरीरका विभिन्न अंगहरू झिकी बिक्री गर्ने गरेको” भन्दै सचेत रहन लेखिएका पोष्टहरु गलत भएको साइवर ब्यूरोले बताएको छ ।

साइवर ब्यूरोले विभिन्न व्यक्तिहरुका तस्बिरहरु संलग्न गरी सामाजिक सञ्जालमा फैलाईएको भ्रामक प्रचार प्रति नेपाल प्रहरीको गम्भिर ध्यानाकर्षण भएको बताउँदै सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझैँ देशभर रहेका कुनैपनि प्रहरी कार्यालयहरुमा हालसम्म कुनैपनि माध्यमबाट कुनैपनि उजूरी तथा सूचना प्राप्त नभएको बताएको हो ।

ब्यूरोले सामाजिक सञ्जालमा आएका भ्रामक प्रचारमा विश्वास नगर्न आग्रह गर्दै यदि त्यस्ता कुनैपनि अपराध सम्बन्धी सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत अनुरोध गरेको छ ।

साथै सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने जो कोहीलाई पनि नेपालको प्रचलित ऐन कानुन बमोजिम कानुनी कारबाही गरिने एक सूचना जारी गर्दै बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?