डलरको भाउ घटेन, यस्तो छ विनिमयदर

काठमाडौं : शुक्रबार नेपाली रूपैयाँको विनिमयदरसँग रेकर्ड कायम गरेको अमेरिकी डलरको भाउ अाज अार्इतबार पनि यथावत रहेको छ ।  

राष्ट्र बैंकले अाजका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार १ अमेरिकी डलर साट्दा आज ११८ रूपैयाँ ३३ पैसा सटहीदर कायम भएको छ । यो दर अमेरिकी डलरको नेपाली रूपैयाँसँगको हालसम्मकै उच्च विनिमयदर हो । 

बुधबारदेखि ११६ रूपैयाँ हाराहारीबाट बढ्न थालेको १ अमेरिकी डलरको खरिददर ११७ रूपैयाँ ७३ पैसा र बिक्रीदर ११८ रूपैयाँ ३३ पैसा कायम भएको छ । 

युरोको खरिददर १३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर १३६ रूपैयाँ १६ पैसा, पाउन्ड स्ट्रलिङको खरिददर १५३ रूपैयाँ ५६ पैसा र बिक्रीदर १५४ रूपैयाँ ३४ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८३ रूपैयाँ ३३ पैसा र बिक्रीदर ८३ रूपैयाँ ७६ पैसा तोकिएको छ । 

यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ ३४ पैसा र बिक्रीदर १० रूपैयाँ ३९ पैसा, चिनिया युआन १ को खरिददर १७ रूपैयाँ १४ पैसा र बिक्रीदर १७ रूपैयाँ २३ पैसा, साउदी अरेबियन रियालको खरिददर ३१ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५५ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

कतारी रियाल १ को खरिददर ३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३२ रूपैयाँ ५० पैसा, युएर्इ दिहराम १ को खरिददर ३२ रूपैयाँ ५ पैसा र बिक्रीदर ३२ रूपैयाँ २२ पैसा, मलेसियन रिंगेट १ को खरिददर २८ रूपैयाँ ३९ पैसा र बिक्रीदर २८ रूपैयाँ ५४ पैसा कायम भएको छ । 

यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ ४२ पैसा र बिक्रीदर १० रूपैयाँ ४७ पैसा, कुवेती दिनार १ को खरिददर ३८७ रूपैयाँ ६६ पैसा तथा बिक्रीदर ३८९ रूपैयाँ ६३ पैसा र बहरार्इन दिनार १ को खरिददर ३१२ रूपैयाँ ३३ पैसा तथा बिक्रीदर ३१३ रूपैयाँ ९२ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?