काठमाडौं । ‘नमस्ते पे’ ले दशैं, तिहार तथा छठ पर्वलाई समेट्नेगरी फेस्टिभ क्याम्पियन ल्याएको छ । कम्पनीका अनुसार यस अभियानमा ४९ दिन सम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन्न सेवाहरु विभिन्न अफर पाउनेछन् । यस अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन ।
प्रयोगकर्ताहरूले जति धेरै कारोबार गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र शतप्रतिशत क्यास ब्याक पाउने मौका हुनेछ । अभियान अवधिको बीचमा कुनै पनि सेवाहरूको कारोबार गर्ने प्रयोगकर्ताहरू योग्य हुनेछन् ।
त्यसैगरी, नमस्ते पे मार्फत युटिलिटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर रहेको छ । उडान टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले एक हजार रुपैयाँ क्यास ब्याक पाउनेछन् र अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड उडान टिकट पाउनेछन् । दसैं दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले शतप्रतिशत क्यास ब्याक पाउनेछन् ।
त्यस्तै, अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १० रुपैयाँसम्म १० प्रतिशत क्यास ब्याक पाउनेछन् । प्रयोगकर्ताहरूलाई प्रोमोकोड उपलब्ध गराइनेछ जुन तीन पटक रिडिम गर्न सकिन्छ । थप रूपमा, नमस्ते पेले भ्वाइस र डेटा प्याकहरू, बिलहरूको भुक्तानी, मर्चेन्ट भुक्तानीहरू, उडान टिकटहरू आदिसहित विभिन्न सेवाहरूमा विभिन्न फल्यास अफर प्रदान गर्नेछ । नमस्ते पे नगद रहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।
आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया