बैंकहरूले दिए ब्याजदर नघटाउने संकेत, बचतकर्तालार्इ भने फार्इदा

काठमाडाैं : बैंक तथा वित्तीय संस्थाहरूले तत्काल ब्याजदरमा परिवर्तन नगर्ने भएका छन् । केही बैंकहरूले गत हप्ता सार्वजनिक गरेको नयाँ ब्याजदर हेर्दा बचतकर्ता र मुद्दती निक्षेपकर्ताले पाउने ब्याजमा खासै अन्तर देखिएको छैन ।

वित्तीय संस्थाहरूले लगानीयोग्य पूँजी नहुँदा ब्याजदर घटाउन नसकिएको दाबी गरिरहेका छन् । यस्तो अवस्थामा बैंकबाट सस्तो ब्याजदरमा कर्जा लिन खोज्नेलार्इ समस्या पर्छ भने बचतकर्ता सर्वसाधारणलार्इ फार्इदा नै हुन्छ । पर्याप्त लगानीयोग्य पूँजी (तरलता) जम्मा हुँदा बैंकहरूले बचतकर्तालार्इ दिर्इरहेको ब्याजदर समेत घटाउँछन् ।

सर्वसाधारण बचतकर्तालार्इ बैंकले बढी ब्याज दिँदा बैंकबाट ऋण लिनेले पनि बढी ब्याजदर तिर्नुपर्छ । यसहिसाबले तत्काल बैंकले प्रवाह गर्ने कर्जाको ब्याजदर नघट्ने देखिएको छ । 

बैंकिङ क्षेत्रका निर्णयहरूमा प्रभाव राख्न सक्ने नेपाल बैंकर्श एशोसियसनले मुद्दती निक्षेपमा अधिकतम ११% र बचतमा ७% मात्र ब्याजदर दिन बैंकहरूलार्इ निर्देशन दिएअनुसार नै अहिले ब्याजदर निर्धारण भएको छ ।

८ वटा वाणिज्य बैंक र ४ वटा विकास बैंकले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर हेर्दा बचतमा ८% र मुद्दती निक्षेपमा १२% सम्म ब्याज दिने उल्लेख छ ।

राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थामा पछिल्लोपटक निक्षेप संकलन ०.४५% ले घटेको र कर्जा प्रवाह ०.७५% बढेको जनाएको छ । बैंकहरूले प्रवाह गरेको कूल कर्जामध्ये चालु सम्पतिका लागि १४.६५% / घरजग्गामा ६१.६५% तरलता प्रवाह भएको देखिएको छ ।

अहिले पूँजीबजारका लगानीकर्तादेखि सर्वसाधारणसम्मले बैंक ब्याजदर घट्ने समय पर्खिरहेका छन् । तर, 

यस्तो छ केही बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर :

बैंक मुद्दति निक्षेपको ब्याजदर (%) बचतको ब्याजदर (%)
हिमालयन बैंक १०.५०

माछापुच्छ्रे बैंक

१०.५ ५-७
मेगा बैंक १०.५०
एभरेष्ट बैंक ३-५
सेञ्चुरी बैंक १०.५०
सिभिल बैंक १०.५०
बैंक अफ काठमाडाैं १० ३.५०-५.५०
सानिमा बैंक १०.५०
मुक्तिनाथ विकास बैंक ११.५०
सांग्रिला विकास बैंक १०.५० ८.५०
गरिमा  विकास बैंक १२
लुम्बिनी विकास बैंक ११.५०

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?