एजेन्सी : अमेरिकाको सर्वोच्च अदालतका न्यायाधीशमा राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा मनोनित ब्रेट क्याभेनफले हप्ता लामो विवाद र बहसपछि अनुमोदित भइ शपथ लिएका छन्।
अमेरिकी सिनेटमा भएको मतदानमा ४८ का विरुद्ध ५० मतबाट क्याभेनफकोे मनोनयर्न अनुमोदित भयो ।
सपथ लिएका न्यायाधीशमाथि सिनेटबाट अनुमोदन अघि यौन दुव्र्यवहार गरेको आरोप लगाइएको थियो ।
सो आरोपलाई उनले अस्वीकार गर्दै आएका थिए । नोभेम्बरमा अमेरिकामा मध्यावधि चुनाव हुने भएको छ ।
त्यो चुनाव अघि राष्ट्रपति डोनल्ड ट्रम्पलाई न्यायाधीशको नियुक्तिबाट एक ठूलो राजनीतिक सफलता प्राप्त भएको छ ।
सिनेटमा मतदानअघि सर्वोच्च अदालतको अगाडि हजारौं मानिसले प्रदर्शन गरेका थिए।
मतदानका क्रममा अर्का प्रदर्शनकारीहरूले चर्को नाराबाजी गरेका थिए । त्यसलाई शान्त पार्न उपराष्ट्रपति माइक पेन्सले शान्ति, सुरक्षा कायम राख्न निर्देशन दिएका थिए ।
उनको नियुक्तिले नौजना न्यायाधीश हुने अमेरिकी सर्वोच्च अदालतमा अनुदारवादीहरूको नियन्त्रण थप मजबुत भएको छ ।
अमेरिकी कानूनको अन्तिम व्याख्या गर्ने अधिकार त्यहाँको सर्वोच्च अदालतमा हुन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया