पाकिस्तानलाई उधारोमा तेल

एजेन्सी: साउदी अरबले पाकिस्तानलाई दैनिक उधारोमा तेल उपलब्ध गराइरहेको छ ।

पाकिस्तानको कमजोर आर्थिक अवस्थाका कारण देशको अर्थतन्त्रलाई व्यवस्थित गर्न जुटेको प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारले उधारोमा तेल उपलब्ध गराउन गरेको आग्रहलाई साउदी सरकारले स्वीकार गरेको छ ।

साउदी अरबले पाकिस्तानलाई एक सिमित समयसम्म उधारोमा तेल दिन मञ्जुर गरेको हो ।

साउदीका वित्तमन्त्री यो सप्ताह पाकिस्तानको भ्रमण गरेका थिए ।

पाकिस्तानी प्रधानमन्त्री इमरानसँग उनले  भेटघाट गरी दुईपक्षीय सहयोगको क्षेत्र विस्तारको विषयमा छलफल गरेका थिए ।

सो भेटमा साउदी मन्त्रीलाई उधारोमा तेल पाकिस्तानलाई उपलब्ध गराउन गरिएको आग्रहलाई साउदी सरकारले स्वीकार गरको हो ।

पाकिस्तानले तीन महिनासम्म दैनिक दुई लाख ब्यारल तेल उधारो दिन आग्रह गरेको थियो । अहिले साउदीले दैनिक १ लाख १० हजार ब्यारल तेल एक महिनाका लागि उधारोमा दिन सहमति जनाएको छ ।

त्यस अन्तर्गत पाकिस्तानले उधारोमा तेल प्राप्त गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?