अारएमसी समूहले तीन महिनाभित्र सिमेन्ट उत्पादन शुरू गर्ने

काठमाडाैं : अारएमसी जस्तापाता उत्पादन गरिरहेको अारएमसी समूहले तीन महिनाभित्र सिमेन्ट उत्पादन गर्ने भएको छ । 

रूपन्देही र नवलपरासीको सिमाना ज्यामिरेमा यो समूहले उद्योगको भाैतिक संरचना तयार गरिसकेको छ । २२ विघा क्षेत्रमा फैलिएको उद्योगको ७०% निर्माण कार्य सकिएको अारएमसी समूहले जानकारी दिएको छ ।

पाल्पा सिमेन्ट उद्योगबाट क्लिंकरसहितको सिमेन्ट उत्पादन थाल्न कम्पनीले तयारी शुरू गरेको छ । सिमेन्ट उद्योगका प्रशासन प्रमुख राजकुमार अग्रवालका अनुसार दैनिक १८ सय टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ भने ३०० जनाले प्रत्यक्ष रोजगारी पाउँदैछन् । 

राजेश ग्रुपले हाल राजेश मेटलक्राफ्ट ब्राण्डमा जस्तापाता उत्पादन गरिरहेको छ भने बीरगञ्जमा अारएमसी सिमेन्ट उद्योग सञ्चालन गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?