एजेन्सी : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीचको दोस्रो शिखर सम्मेलनको विषयलाई अन्तिम टुंगो लगाउन उत्तर कोरियाको भ्रमणमा निस्केका छन् ।
जापानको राधाजनी टोकियोबाट पोम्पेओ उत्तर कोरिया तर्फ लागेका छन् । उनले यो शिखर सम्मेलनलाई सफल बनाउन पोम्पेओले दक्षिण कोरिया र चीनको भ्रमण समेत गर्ने भएका छन् ।
यो भ्रमणको पहिलो बिसौनी टोकियोमा बनाएर पोम्पेओ उत्तर कोरियाको राजधानी पोंगयांग हिँडे ।
पोम्पेओका लागि पोंगयांगको यो भ्रमण चौथो हुनेछ ।उनले अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा पर्याप्त विश्वासको विकास गर्नु आफ्नो भ्रमणको उद्देश्य रहेको बताए ।
गएको जुनमा ट्रम्प र किमबचि पहिलो ऐतिहासिक शिखर सम्मेलन सिंगापुरमा सम्पन्न भयो ।
जापानलाई छाडेर अमेरिका हिँडन नचाहेको कुटनीतिक सन्देश दिन पोम्पेओले जापानको यो भ्रमण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया