लोकपथ टप फिप्टिन : सकियाे जबराकाे बयान, वैदेशिक रोजगारीमा हजाराैँले गुमाउँदै छन् ज्यान

लोकपथ
56
Shares

१. नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले गरे विभिन्न दलका शीर्ष नेताहरुसँग उच्चस्तरीय भेट, बहुपक्षीय परियोजना र संसदीय साझेदारीमा जोड दिने विषयमा छलफल ।

२. निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान सकियो, बयानका क्रममा चोलेन्द्रले नाम लिएका व्यक्तिसँग पनि बयान लिइने ।

३. एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन नसक्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दाबी, चुनावसम्म पुग्दा माधव नेपालको पार्टीमा कार्यकर्ता नै नरहने तर्क ।

४. निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने, निर्वाचनमा आचारसंहिता विपरितका गतिविधि हुन नदिन सुक्ष्म अनुगमनको पनि व्यवस्था ।

५. पाकिस्तानमा आएको बाढी र पहिरो पिडीतलाई राहतस्वरुप नेपालले पठायो २२ टन भन्दा बढीको राहत सामग्री, राहत सामग्री कराँचीमा एक कार्यक्रमकाबीच हस्तान्तरण गर्ने तयारी ।

६. नेपालले विश्व बैंकबाट २ सय ७५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने, अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय ।

७. भोलि बुधबार प्रतिनिधिसभाको बैठक बस्दै, राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउन, राष्ट्रिय सभाबाट भएका संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची ।

८. डा. गोविन्द केसीले २० औं पटक अनसन बस्नु लज्जाको विषय भएको डा. बाबुराम भट्टराईको भनाइ, विकृति र विसंगति छ भन्ने स्वीकार्न सक्नेहरुले सुधार्ने पहल नगरेको प्रति कटाक्ष ।

९. पछिल्लो चौध वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा १० हजार ९ सय ३२ जना नेपालीले गुमाए ज्यान, गत आर्थिक वर्षमा मात्रै १ हजार ४ सय ७९ जनाको मृत्यु ।

१०. नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि, १ सय २६ जना संक्रमण मुक्त, सक्रिय संक्रमितको संख्या २ हजार २ सय ३२ ।

११. साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा हरियाली, नेप्से परिसूचक २१.३० अंकले बढ्दा, कारोबार रकम भने ९२ करोड २५ लाख रुपैंयामा सीमित ।

१२. थाईल्याण्डकी रानीको जस्तो पहिरन लगाएको आरोपमा एक थाइ युवतीलाई दुई वर्षको जेल सजाय, राजतन्त्रको अपमान गरेको ठहर ।

१३. क्यानडाको पश्चिमी टोरन्टोमा एक बन्दुकधारीले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु, तीन जना घाइते ।

१४. भोलि बुधबारका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक आह्वान, सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभा हलमा हुने बैठकमा दुई एजेण्डामा छलफल गरिने ।

१५.  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा एनआरएनए स्पोर्ट्स एकेडेमी र सुदुरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश, ४ खेल खेल्दै ४ अंक जोडेको एपीएफ तेस्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?