काठमाडौं । भुटानमा जारी साफ यू–१८ महिला फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले बंगलादेशको सामना गर्दैछ ।
राजधानीथिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतवार हुने फाइनल खेलमा नेपाल बंगलादेशलाई हराउँदै उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रदैछ । यी दुई टिमबीचको फाइनल खेलमा आइतवार साँझ ७ बजेपछि शुरु हुनेछ ।
आफ्नो समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले जारी साफ फुटबलमा उत्कृष्ट प्रर्दशन गर्दै आइरहेको छ । सेमिफाइनलमा खेलमा चिरपरिचित प्रतिद्धन्दी भारतलाई टाइब्रेकरमा पराजित गर्दै नेपालले फाइनलको यात्रा तय गरेको थियो ।
यसअघि समूह चरणमा नै भएको भेटमा नेपाल बंगलादेशसँग २-१ पराजित भएको थियो । समूह चरणको खेलमा पराजित भएको नेपाल बंगलादेशलाई हराउँदै हारको बदला लिने दाउमा रहेको छ ।
यता बंगलादेशले अन्तिम चारको खेलमा आयोजक भुटानलाई ४-० गोलले हराउँदै फाइनलमा पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया