डलर महँगो हुँदा अमेरिका पढनेहरू पार्ट टाइम रोज्दै

एजेन्सी :डलर बलियो हुँदा अमेरिका बाहिरका विद्यार्थीहरूलाई समस्या सामना गर्नुपरिरहेको छ ।

विशेषगरी भारतीय विद्यार्थीहरूलाई यो समस्याको सामना गर्नु परेको छ ।

६ महिना अघि डलरको भाउको आधारमा अनुमान गरी सिमित आय भएका परिवारका विद्यार्थीहरूलाई विशेष समस्या आइपुगेको हो ।

फोरेन्सिक साइन्स पढ्न गत वर्ष जमन राणा क्याम्ब्रिजस्थित अमेरिकाको अंगलिया रस्किन युनिभर्सिटीमा गए । उनले एउटो कार किन्ने समयको प्रतिक्षा गरिरहेका थिए ।

अहिले उनले त्यो योजना थन्काएर युनिभर्सिटी नजिकै माक्र्स एन्ड स्पेन्सरमा आफ्नो पढाइ खर्च जुटाउन अल्पकालिन (पार्ट टाइम) काम गर्न थालेका छन् ।

यो सबै भारू अमेरिकी डलर बराबरको तुलनामा धेरै कमजोर भएपछि उनको बजेट फेल भयो ।

मनोज गुप्ताले अर्कान्सास युनिभर्सिटीमा अर्थशास्त्र विषय पढन छोरोलाई पठाइहाले अहिले पाँच महिना भित्र शिक्षा खर्च  ३लाख भारु बढन गएको छ ।

तेल र ग्यासको क्षेत्रमा काम गर्ने गुप्ताले वर्सेनी ३० हजार अमेरिकी डलर तिरिरहेका छन् ।

जतिखेर उनले छोरोको नामका लागि आवेदन प्रक्रिया थालेका थिए त्यतिखेर मे महिनामा डलरको भाउ ६४ भारु थियो । पहिलो भुक्तानी दिँदा भाउ ६७ हुन पुग्यो ।

अनि अहिले ७४ भारू भएको छ । ६ महिना भित्र एक डलरको भाउ १० भारु बढेको छ ।

अमेरिकी डलरको तुलनामा मुद्रा कमजोर भएका देशहरूको विद्यार्थीहरूको यो आम अवस्था छ ।

अर्थशास्त्रीहरूको पूर्वानुमानका आधारमा अमेरिकी डलर भारुको तुलनामा अझ बलियो हुने देखिएकोछ ।

यो १ डलरका लागि ७८–७९ भारुसम्म पुग्ने अपेक्षा गरिएको छ । भारुको कमजोर भएर भारतीय विद्यार्थीहरूको शिक्षा खर्च २० प्रतिशतले बढाइदिएको छ ।

गएको ३ महिनामा अमेरिकामा एमबीए पढने खर्च ५.५ लाख भारू भन्दा बढी बढेको छ । अन्डर ग्रेजुएट कोर्समा यो खर्च २.५ लाख देखि ३ लाखसम्म बढेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?