काठमाडौं । हाँस्यकलाकार मनोज गजुरेलदेखि अभिनेत्री रेखा थापासम्म वेवारिसे बृद्धबृद्धाहरुको लागि निर्माण हुन लागेको ‘बा आमा घर’को सहयोगमा जुटेका छन् । सडकपेटीमा कोहि पनि बेवारिसे भएर मर्न नपरोस भन्ने उधेश्यले बिनयजंग बस्नेतले गोदावरमिा रहेको आफ्नै जग्गामा निर्माण गर्न लागेको ‘बा–आमा घर’को सहयोगार्थ आयोजना हुने ‘हाँस्य व्यंग्यात्मक सांस्कृतिक साँझ’मा मनोज गजुरेल, अभिनेत्री रेखा थापा, गायक इश्वर अमात्य, बुद्धिकृष्ण लामिछाने लगायत कलाकारको विभिन्न रोचक प्रस्तुति रहनेछ ।
२२ असोजमा साँझ ५ बजे ललितपुरको इमाडोलस्थित इन्द्रेणी फुडल्याण्डमा आयोजना गरिएको उक्त साँझको उद्घोषक नरेश भट्टराई रहेका छन् । कार्यक्रममा लागुपदार्थ दुब्र्यसनी सम्बन्धि जनचेतनामुलक डकुमेन्ट्री ‘नदेखिएका आँशु’ समेत प्रर्दशन गरिनेछ ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले ‘बा–आमा घर’को केही अगाडि शिलान्यास गरेकी थिइन् ।
‘एक सोचले मानिसको जीवन परिवर्तन हुन्छ । अब बेवारिसेहरुको हामि हुनुपर्छ’ भन्ने मूल नाराका साथमा बस्नेतले विगत तीन वर्षदेखि सेवारिसे लासको अत्यष्ठी गर्दै आइरहेका छन् । उनले अहिलेसम्म १ सय १५ बेवारिसे शवलाई आफ्नै हातले दाहसंस्कार गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया