ला लिगा फुटबलमा रियल म्याड्रिडको दोस्रो हार

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ । 

शनिवार राति सम्पन्न भएको आठौँ चरणको खेलमा रियल म्याड्रिड डेपोटिभो अलाभेससँग १-० गोल अन्तरले पराजित भएको हो । सुरुवाती समयमा रियल म्याड्रिडले अलाभेसलाई दवावमा राखेको थियो ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए । दोस्रो हाफमा केही सुधारिएको खेल खेलेको म्याड्रिड दोस्रो हाफा पनि गोल गर्न असफल भयो ।

खेल सकिनै लाग्दा अलाभेसका लागि गार्सिया सान्चेजले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । 

जितपछि अलाभेस ८ खेलबाट १४ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ । रियल म्याड्रिड भने १४ अंकका साथ लिगको दोस्रो स्थानमा छ ।

शनिवार राति नै भएको अन्य खेलहरुमा लेभान्तेले गेटाफेलाई १-० गोल अन्तरले, इबारले गिरोनालाई ३-२ ले तथा लेगानेसले रायो भाल्लेकानोलाई १-० गोल अन्तरले पराजित गर्‍यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?